काठमाण्डौ । मंसिर २८ गते,
गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएको हो । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३५ हजार सात सय ३१ पुगेको छ । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९८ पुगेको छ ।
नेपालमा २ लाख ३५ हजार बढीले कोरोनालाई जितेँ
- प्रकाशित मिति: आइतबार, मंसिर २८ २०७७
- तामाकोशी