रामेछाप । मंसिर ६ गते,
रामेछापमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । जिल्लाको मन्थली नगरपालिका ७ को भटौली शनिबार विद्युत् शर्ट भइ आगलागी बालकको ज्यान गएको हो । भटौलीका रणवहादुर रम्तेलको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका रणवहादुरको पाँच वर्षीय नाति सुजन रम्तेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुई तले ढुङ्गा–माटाले बनेको घरमा एक्कासी विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्रका सुजन बाहिर निस्कन नसक्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो ।
विद्युत् शर्ट भइ आगलागी हुँदा रामेछापको भटौलीमा बालकको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, मंसिर ६ २०७७
- तामाकोशी