काठमाण्डौ । मंसिर ५ गते,
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् । यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुग्यो
- प्रकाशित मिति: शुक्रबार, मंसिर ५ २०७७
- तामाकोशी