नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख आठ हजार २९९ पुग्यो

  • प्रकाशित मिति: शनिबार, कार्तिक २९ २०७७
  • तामाकोशी

काठमाण्डौ । कात्तिक २९ गते,
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ । शनिबार थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ । अब नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय १५ पुगेको छ ।