सार्वजनिक सवारी भित्र किशोरीको सामूहिक बला,त्कार

  • प्रकाशित मिति: सोमबार, असोज १९ २०७७
  • तामाकोशी

भक्तपुर – लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। भक्तपुर नगरपालिका ८ मा शुक्रबार सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार भएको हो। बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बला,त्कार गरेको आरोपमा उक्त बसका चालक र सह(चालक पक्रा,उ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेका अनुसार गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका(१० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सह(चालक २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेका हुन्। अन्नपूर्ण पोष्टमा लेखिएको छ ।

अर्को एकजना भने फ,रार छन्। उनको खोजी भइरहेको डीएसपी थेबेले जानकारी दिए। प्रहरी अनुसन्धानबाट शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्र युवतीको बला,त्कार भएको थियो। डीएसपी थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर सुरुमा शुक्रबार जब,रजस्ती गरेको खुलेको छ। उनले जबर,जस्ती गरेपछि उनका साथीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।



शनिबार बसभित्र घट,ना भएको देखेपछि अन्य चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे शनिबार राति १०:३० बजे प्रहरीले थाहा पाएको थियो। थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्रा,उ गरेको हो। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ। किशोरीको स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले बताएको छ। किशोरीको परिवारसँग भने सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ।