रामेछापमा थप चार जनामा कोरोना संक्रमण, ६३ जनाले कोरोनालाई जितेँ

  • प्रकाशित मिति: सोमबार, असोज १९ २०७७
  • तामाकोशी

रामेछाप । असोज १९ गते,
रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले भारतबाट आएका गोकुलगंगा गाउँपालिकाका दुईजना महिला र दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं ४ का १९ र ४२ वर्षकी महिला र वडा नं ५ का २० र ४३ वर्षका पुरुष छन् । उनीहरु सवैको असोज १६ गते कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ८१ जना पुगेको छ । यसमध्ये ६३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा तीनजना , मन्थली नगरपालिकामा दुईजना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना , रामेछाप नगरपालिकामा तीनजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा चारजना गरि १८ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५०६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले आठजना महिला र १७ जना पुरुष गरि २५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २२ जना र ७० जना पुरुष गरि ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।