रामेछाप । असोज १८ गते,
रामेछापमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिकाका एकजना वडाध्यक्ष सहित थप तीनलनामा जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा रामेछाप नगरपालिका वडा नं ६ का ६१ वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नं ८ की ४२ वर्षकी महिला , मन्थली नगरपालिका वडा नं ४ का २३ वर्षका पुरुष छन् । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ७७ जना पुगेको छ । यसमध्ये ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा एकजना , मन्थली नगरपालिकामा एकजना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना , रामेछाप नगरपालिकामा चारजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा आठजना गरि २० जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५०६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये २५ जनाको अझै रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले आठजना महिला र १७ जना पुरुष गरि २५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २२ जना र ७० जना पुरुष गरि ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा वडाध्यक्ष सहित थप तीन जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: आइतबार, असोज १८ २०७७
- तामाकोशी