रामेछाप । असोज १० गते,
रामेछापमा ११ वर्षका बालक सहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले उमाकुण्ड गाउँपालिकाका एक ११ वर्षका बालक सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा उमाकुड गाउँपालिका वडा नं ५ का ११ वर्षका बालक ३० वार्षकी महिला, मन्थली नगरपालिका वडा नं १ की २७ वर्षकी महिला र रामेछाप नगरपालिका वडा नं ८ का २२ वर्षका पुरुष कैदी र ३८ वर्षका पुरुष छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार असोज ८ गते विहीबार स्वाब पठाइएका मन्थली नगरपालिकाका ३२ जना , रामेछाप नगरपालिकाका १२ जना र उमाकुण्ड गाउँपालिकाका २७ जना गरि ७१ जनामध्ये पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ७९ जना पुगेको छ । यसमध्ये ४९ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २१ जना र ५७ जना पुरुष गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा ११ बर्षका बालक सहित थप पाँच जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: शनिबार, असोज १० २०७७
- तामाकोशी