रामेछापमा १२ बर्षका बालक सहित थप ८ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: सोमबार, असोज ५ २०७७
  • तामाकोशी

रामेछाप । असोज ५ गते,
रामेछापमा १२ वर्षका बालक सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले गोकुलगंगा गाउँपालिकाका एक १२ वर्षका बालक , एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं ४ का १२ वर्षका बालक सहित ३६,४४,४८,५५,५५ वर्षका पुरुष र २६ वर्षका एक महिला रहेका छन् । त्यसैगरी गोकुलगंगा गाउँपालिका वडा नं ६ का एक २२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ६४ जना पुगेको छ । यसमध्ये ४३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको जिल्ला अस्पता, ६ जनाको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र ५ जनाको रामेछाप नगरपालिकाको आइसोलेशनमा उपचार भैरहेको जनस्वाथ्य अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले सोमबार संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ८ जनाको गाउँपालिकाकै अस्पतालमा उपचार भैरहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । जनस्वास्थ्य थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २१ जना र ५६ जना पुरुष गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।