रामेछाप । भदौ ३१ गते,
रामेछापमा एकहप्तादेखी कुनैपनि व्यक्तिको कोरो परीक्षण हुन सकेको छैन । स्वास्थ्य कार्यालय रामेछापका अनुसार भदौ २३ गतेसम्म जिल्लामा १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ५५ जना मध्ये ३७ जना कोरोनामुक्त भैसकेका छन् । अहिले जिल्ला अस्पतालमा १० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा ६ जना संक्रमितको उपचार भैरहको स्वास्थय कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । जनस्वास्थ्य अधिकृत थापाले अब लक्षण देखिएका र उच्च जोखिममा रहेर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर पीसीआर मार्फत कोरोना परीक्षण तयारी भैरहेकाले केहिदिन देखी स्वाब संकलन नभएको बताउनुभयो । सरकारले पनि संका लागेका जति सवैको परीक्षण गर्दा खर्च बढेको भन्दै लक्षण देखिएकाको मात्रै स्वाब संकलन गरि पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । संक्रमितको सम्पर्कमा आएका भनिएका सबैको कोरोना परीक्षण गर्दा अनावश्यक खर्च बढेकाले अब लक्षण देखा परेकाको मात्रै कोरोना परीक्षण गरिने उहाँको भनाई छ । स्वास्थ्य कार्यालयका अनुसार अहिले विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र ३१ जना पुरुष गरि ३८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला १५ जना र ४८ जना पुरुष गरि ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा एकहप्तादेखी स्वाब संकलन कार्य रोकियो
- प्रकाशित मिति: बुधबार, भाद्र ३१ २०७७
- तामाकोशी