काठमाडौं । भदौ २९ गते,
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ । अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् । यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १५ जनाको ज्या*न गएसँगै कोरोना सङ्क्रमणबाट ज्या*न गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुग्यो,२४ घण्टामा ८७९ जना डिस्चार्ज
- प्रकाशित मिति: सोमबार, भाद्र २९ २०७७
- तामाकोशी