काठमाडौं बस्ने रामेछापका थप तीन जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: आइतबार, भाद्र २८ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २८ गते,
रामेछाप स्थायी घर भै हाल काठमाडौं बस्ने थप तीन जनाामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं बस्ने सुनापति गाउँपालिका वडा नं ३ की एक महिला , खाँडादेवी गाउँपालिकाका वडा नं ३ का एक पुरुष र दोरम्बा गाउँपालिका वडा नं ४ का एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिुभयो । उहाँका अनुसार शनिबार ३० वर्षीया महिला र आइतबार ५३ वर्ष र २० वर्षका पुरुषमा संक्रम संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।।