रामेछापमा १३ सय २९ पीसीआर परीक्षण,३७ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: आइतबार, भाद्र २८ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २८ गते,
रामेछापमा आइतबारसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये अहिले जिल्ला अस्पतालमा १० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा ६ जनाको उपचार भैरहको र ३७ जना कोरोना मुक्त भैसकेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना जनाको स्वाब परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र ३० जना पुरुष गरि ३७ जना क्वारेन्टिनमा रहेका छन् । आइतबार उमाकुण्ड गाउँपालिकाका १९ जना क्वारेन्टीनबाट फिर्ता भएका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला १३ जना र ४५ जना पुरुष गरि ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।