रामेछाप । भदौ २७ गते,
स्वास्थ्य कार्यालयका अनुसार रामेछापमा हालसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ५५ जना मध्ये ३७ जना कोरोनामुक्त भैसकेका छन् । अहिले जिल्ला अस्पतालमा १० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा ६ जना संक्रमितको उपचार भैरहको स्वास्थय कार्यालयका जनस्वास्थ्य अभिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना पुरुष प्रहरी र मन्थली नगरपालिका वडा नं १ की एक महिला सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ५५ जना पुगेको हो । जिल्लामा शनिबारसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना जनाको स्वाब परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १५ जना महिला र ४१ जना पुरुष गरि ५६ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला १२ जना र ४५ जना पुरुष गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा १३ सय २९ पीसीआर परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: शनिबार, भाद्र २७ २०७७
- तामाकोशी