रामेछाप । भदौ २५ गते,
रामेछाप स्थायी घर भएका थप दुई जनाामा कोरोना संक्रमणको पुष्टि भएको छ । खाडादेबि गाउँपालिका गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिुभयो । उहाँका अनुसार बिहाबार संक्रमण हुनेमा खाँडादेवी गाउँपालिका वडा न. ३ घर भएका २६ र ३८ वर्षमा पुरुष छन् । यो संगै रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं बस्ने रामेछापका थप दुई जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: बिहिबार, भाद्र २५ २०७७
- तामाकोशी