रामेछाप । भदौ २३ गते,
रामेछापको लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । मंगलबार प्रहरी हिरासतमा रहनुभएका अध्यक्ष खड्का सहित ६ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापले जानएको छ । प्रहरीले शरीर बन्दक, ठगी र बलात्कार गरी तीन वटा मुद्दामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सोमबार अध्यक्ष खड्कालाई अदालत पेश गरेको थियो । गाउँपालिका अध्यक्ष खड्का सहित दुई जना प्रहरी , प्रहरी हिरासतमा अर्का एकजना र मन्थली नगरपालिका वडा नं १ का स्थानी दुई जना गरि ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो संगै जिल्लाबाट स्वाब पठाइएका ४९ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ३३ जना कोरोना मुक्त भैसकेका छन् भने १६ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोस गर्ने ५० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३ सय २९ जनाको पीसीआर गरिएको रामेछापमा १ हजार १ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार मंगलबार स्वाब पठाइएका मन्थली नगरपालिकाका २७ जना सहित अब ९६ जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ । जिल्लामा कोरोना संक्रमणबाट आउन सक्ने जोखिमतालाई मध्येनजर गरि ४ सय ९० बेडको क्वारेन्टीन र ९८ वेडको आइसोलेशन कक्ष स्थापना गरिएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा ७ जना महिला र २७ जना पुरुष गरि अहिले ३४ जना क्वारेन्टीनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको ।
रामेछापमा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष सहित थप ६ जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: मंगलबार, भाद्र २३ २०७७
- तामाकोशी