नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुग्यो , एकैदिन १७३६ जना डिस्चार्ज

  • प्रकाशित मिति: सोमबार, भाद्र २२ २०७७
  • तामाकोशी

काठमाण्डौ । भदौ २२ गते,
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको छ । गएको २४ घण्टामा नौ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय १८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ । अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्या*न गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।