पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृ’त्यु

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

काठमाडौं, भदौ १६ गते । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोभिड १९ संक्रमणबाट मृ’त्यु भएको छ । लामो समयदेखि मुटुको समस्या रहेर उपचाररत चालिसेको गंगालाल अस्पतालमा मंगलबार बिहान मृ’त्यु भएको हो ।
मुटुकै उपचाररत उनको गंगालाल अस्पतालमा आज बिहान मृ’त्यु भएको उनका भाइ कृष्णराज चालिसेले जानकारी दिए । पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना गरेपछि उपचारकै क्रममा उनको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको थियो ।
७० वर्षीय चालिसे काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए ।