रामेछापका ५१ जनाको पीसीआर रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १२ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १२ गते,
रामेछाप जिल्लाकाका ५१ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ५१ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले कोरोना संक्रमण पुष्टि भएका ३७ जना मध्ये ३३ जना कोरोनामुक्त भएका छन् । अहिले बिहीबार कोरोना संक्रमण पुष्टि भएका रामेछाप नगरपालिकाका एक जना स्वास्थ्यकर्मी सहित चार जनाको आइसोलेशनमा उपचार भैरहेको छ । उहाँका अनुसार हालसम्म जिल्लामा हालसम्म १ हजार ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्ला अस्पतालमा ८० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २६ , रामेछाप नगरपालिकामा १ सय २० , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ५१ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १५ जना पुरुष क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ७ जना र २३ जना पुरुष गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।