रामेछाप । भदौ ११ गते,
रामेछापको खाँडादेवी गाउँपालिकाका ९ वटै वडा कार्यालय र संघसंस्थाहरुलाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बिहीबार गाउँपालिकामा एक कार्यक्रमका बिच सबै वडा कार्यालय, बैंक, सहकारी, प्रहरी प्रशासनलाई स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानिटाइजार हस्तान्तरण गरिएको हो । वडा नं २ मझुवा हिलेचौरका स्थानीय हाल काठमाडौं बसेर व्यावसाय गर्दै आएका कल्याणरत्न कार्कीले ब्यक्तिगत् खर्चमा पालिका र वडा कार्यलय मार्फत पालिकाका सबै स्थानीयहरुलाई मास्क वितरण गरेका हुन् । कार्कीले वडा नं १ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईभ मास्क, ६ लिटर स्यानिटाइजर ,वडा नं २ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईभ मास्क, ६ लिटर स्यानिटाइजर , वडा नं ३ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईभ मास्क, ६ लिटर स्यानिटाइजर र वडा नं ४ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईभ मास्क, ६ लिटर स्यानिटाइजर प्रदान गरेका हुन् । त्यसैगरी वडा नं ५ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , वडा नं ६ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , वडा नं ७ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर ,वडा नं ८ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर ,वडा नं ९ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर कार्कीले प्रदान गरेका छन् । व्यवसायी तथा समाजसेवी कार्कीले गाउँपालिका स्थित प्रहरी चौकीलाई २ सय थान सर्जिकल मास्क , स्वास्थ्य चौकीलाई २ सय थान मास्क , पर्यटन सहकारी संघलाई १ सय थान सर्जिकल मास्क , लक्ष्मी बैंकलाई २ सय थान मास्क र राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई १ सय थान मास्क र स्यानिटाइजर सहयोग प्रदान गरेका छन् । कार्कीले यसअघि पनि पठनपाठनलाई गुणस्तरीय बनाउन वडा नं ६ स्थित वुद्ध भवानी माध्यामिक विद्यालयलाई १ लाख १० हजार रुपैयाँ नगद सहयोग गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कार्कीले कोरोना भाइरस संक्रमणबाट बच्न सबैको हातेमालो आवश्यक रहेकाले आफूले पनि सानो सहयोग गरेको बताए । उनले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबैले स्वास्थ्य तथा जनसख्या मन्त्रालयको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालन गर्नुपर्नेमा उनको जोड छ । कार्कीले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
खाँडादेवी गाउँपालिकाका सवै वडा र संघसंस्थालाई स्वस्थ्य सामाग्री हस्तान्तरण
- प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
- तामाकोशी