नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुग्यो , संक्रमणबाट १८३ को मृ*त्यु

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ ११ गते,
नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ३७७ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृ*त्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ घण्टामा मृ*त्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् । काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मृ*त्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।