रामेछापका एक स्वाथ्यकर्मी सहित थप ६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ११ गते,
रामेछाप जिल्लामा एक स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । बिहीबार आएको रिपोर्ट अनुसार जिल्लाको रामेछाप नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मी सहित चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यस बाहेक रामेछाप स्थायी घर भै काठमाडौंमा बस्दै आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार बिहीबार संक्रमण पुष्टि हुनेमा १ जना महिला र ५ जना पुरुष छन् । यो संगै जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएका ३७ जनामा संक्रमण पुष्टि भएको छ भने  संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भैसकेका छन् । अहिलेसम्म रामेछाप स्थायी घर भै विभिन्न ठाउँमा बसोबास गर्ने ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।