काठमाडौं । चितवनमा मंगलवार दुई वर्षकी बालिका र ९ वर्षका बालकमा पनि कोरोना पुष्टि भएको छ । चिनवनमा मंगलवार २१ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा २ बालबालिका छन् । चितवन मेडिकल कलेज भरतपुरमा भएको परीक्षणमा चितवनका २१ र सहित मकवानपुर, नवलपरासी पूर्व, रोल्पा, गोरखा र पर्साका ३१ जनामा कोरोना पुष्टि भएको हे । चितवन रत्ननगर नगरपालिका की एक २ वर्षकी बालिका र भरतपुर १० का ९ वर्षका बालक सहित २१ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्र १७ जना छन् । १२५ नमुना परीक्षण गरिएकोमा ३१ नमुना पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ। कोरोना पुष्टि हुनेमा भरतपुरका १० जना महिला र ७ पुरुष छन्। त्यस्तै चितवनकै रत्ननगर नगरपालिका की एक २ वर्षकी बालिका र २२ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। चितवनकै राप्तीका १ पुरुष र खैरहनीका १ महिलामा पनि कोारेना पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा नवलपरासी वूर्वका तीन महिला छन्।
मकवानपुरकी १ महिला रोल्पाका १ महिला र दुई पुरुष, गोरखाका एक महिला र १ पुरुष र पर्सका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएका नमुनाहरु सीमएसीको स्वाब संकलन केन्द्रबाट संकलन गरिएका हुन्।