नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो, संक्रमणबाट १५७ को मृ*त्यु

  • प्रकाशित मिति: सोमबार, भाद्र ८ २०७७
  • तामाकोशी

कामठाडौं । भदौ ८ गते,
नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै विगत २४ घण्टामा थप ८ मृ*तकमा कोरोना पुष्टि भएको छ। यसरी मृ*त्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन् । यो सहित हालसम्म कोरोनाका कारण ज्या*न गुमाउने संख्या १५७ पुगेको छ ।