रामेछाप । भदौ ८ गते,
स्वास्थ्य कार्यालय रामेछापले कोरोना परीक्षण रिपोर्टलाई लिएर सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले बाहिर ल्याइरहेकाले तथ्यहिन कुराको विश्वास नगर्न आग्रह गरेको छ । सोमबार स्वास्थ्य कार्यालयकी प्रमुख विद्या खनालले एक पैस विज्ञप्ति मार्फत आधिकारिक निकायहरुबाट प्रकाशित हुने सत्य तथ्य समाचार तथा सन्देशहरुलाई मात्र विश्वास गर्न सम्पुर्णमा अनुरोध गर्नुभएको छ । उहाँले पीसीआर रिपोर्टलाई लिएर जनमानसलाई त्रसित तथा दिगभ्रमित गराउने किसिमका तथ्यहिन समाचारहरु सामाजिक सञ्जालमा राखेर थप आतंकित बनाउँने कार्य नगर्न नगराउन हुन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पनि अनुरोध गर्नुभएको छ । कोरोना भाइरस राकथाम नियन्त्रण लागि अग्र स्थानका आधिकारिक निकायहरु भनेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र मन्थली , स्वास्थ्य कार्यालय रामेछाप र जिल्ला अस्पताल रामेछाप भएको प्रेस विज्ञप्तिमा भनिएको । स्वास्थ्य कार्यालयकी प्रमुख खनालले अहिले संक्रमणको सम्भावित व्यक्तिले स्वाब दिइसकेपछि केहि नभएको जस्तै गरि भिडभाडमा जाने र जनस्वास्थ्यको न्युनतम मापदण्ड पनि पालना नगरेको पाइएकाले कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरुलाई कम्तीमा रिपोर्ट नआउँदा सम्म घर वा संस्थागत क्वारेन्टीनमा बस्न आग्रह गर्नुभएको छ । यसअघि आइतबारमात्रै पीसीआर परीक्षणको आधिकारीक निकायबाट प्रतिवेदन आउनु अघिनै सामाजिक सञ्जालबाट अफवाह फैल्याइएको भन्दै मानवअधिकार संरक्षण सञ्जाल रामेछापले सम्बन्धित निकाय र सरोकारवाको ध्यानाकर्षण गराएको थियो ।
स्वास्थ्य कार्यालय रामेछापद्धारा जारी प्रेस विज्ञप्ति हेर्नुहोस्
