हेटौंडा । भदौ १ गते,
मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीमा कार्यरत् रौतहटका दुईजना, सिन्धुलीका एकजना, बाँकेका दुईजना, पर्साका एकजना, धादिङका एकजना, कञ्चनपुरका एकजना र हेटौंडामा कार्यरत् चितवनका तीनजना प्रहरीमा कोरोना देखिएको हो । यस्तै, हेटौंडा उपमहानगरपालिका(४ बस्ने तीन महिला र एक पुरुष तथा हेटौंडा(१० मा बस्ने एकजना महिलामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले बताउनुभयो । संक्रमित हुने प्रहरी ११ जना नै पुरुष रहेका जनाइएको छ ।
११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: सोमबार, भाद्र १ २०७७
- तामाकोशी