नेपालमा कोरोना सङ्क्रमितकोसङ्ख्या २६ हजार ६० पुग्यो

  • प्रकाशित मिति: आइतबार, साउन ३२ २०७७
  • तामाकोशी

काठमाण्डौ । साउन ३२ गते,
नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । साथै पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नौ हजार दुई सय २१ जना छन् । यस्तै १५ हजार दुई सय ४३ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको एक सय चार सङ्ख्या पुगेको छ ।