रामेछाप । साउन ३२ गते,
रामेछापमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका २२ जनाको रिपोर्ट आउन बाँकि छ । शनिबार स्वाब पठाइएका खाँडादेवी गाउँपालिकाका थप २२ जनाको कोरोना परीक्षणका रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि जिल्लामा ८ सय ५५ जनाको पीसीआर आइयसकेको छ । यसमध्ये विभिन्न समयमा गरि ३३ जनामा संक्रमण पुष्टि भएको र ८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २६ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने रामेछाप नगरपालिकाको आइसोलेशनमा ६ जना र सुनापति गाउँपालिकाको आइसोलेशनमा १ जना गरी ७ जना संक्रमितको उपचार भैरहेको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ४९ , मन्थली नगरपालिकामा २ सय ३९ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ८ जना महिला र ५२ जना पुरुष गरि ६० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १३ बेडको आइसोलेशन कक्ष र ४ सय ६५ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा २२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि,६० जना क्वारेन्टिनमा
- प्रकाशित मिति: आइतबार, साउन ३२ २०७७
- तामाकोशी