नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो , संक्रमणबाट मृ*त्यु हुनेको संख्या ९९ पुग्यो

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
  • तामाकोशी

काठमाडौं । साउन ३० गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो । काठमाडौं उपत्यकामा मात्र एक सय १ सय १९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरका ३० तथा भक्तपुरका ६ जना हुन् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृ*त्यु भएसंगै मृतकको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिएका मृ*तकमा बाराका दुई तथा मोरङ्ग र सिरहाका एक एक जना हुन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४० जनामात्र संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । यो ६६ दशमलव ८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना भेन्टिलेटरमा तथा ९८ जना आइसीयूमा रहेका छन् । १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।