काठमाडौं । साउन २८ गते,
नेपालमा कोरोना भाइरसबाट मृ*त्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृ*तकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले बताउनुभयो । काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृ*त्यु भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
थपिनेमा काठमाडौं उपत्यकामा एक सय २५ जना रहेका छन् । काठमाडौंका ९८, ललितपुरका २० तथा भक्तपुरका ७ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा ६४ जनामात्र संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । ७ हजार ६ सय १३ जना आइसोलेसनमा तथा १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट २४ घण्टामा ८ जनाको मृ*त्यु,४ सय ८४ जना नयाँ संक्रमित थपिए
- प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
- तामाकोशी