काठमाडौं गोंगबु चोकबाट उत्तरतर्फ नवज्योति मार्गमा आइतबार बिहान एउटा सुटकेस भेटियो। पार्किङ गरेर राखिएको ट्याक्सी र भ्यानको बीचमा थियो, सुटकेस। पानी परिरहेको थियो। सुटकेसबाट र गत बगिरहेकाले त्यसलाई कसैले खोल्ने आँट गरेनन्। त्यसलाई देख्ने स्थानीयले तत्कालै प्रह रीमा ख बर गरे। एक जना प्र हरी आएर सुट केस खोले। तर, त्यसभित्रको दृश्य देखेर सबै आतंकित बन्न पुगे। त्यसमा टाउको र खु ट्टा काटि एको मान्छेको शरीर थियो।
ती प्रहरीले माथिल्लो निकायलाई खबर गरे। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुग्यो। टोलीले सुटकेस बरामद भएको ठाउँमा सिल गरी अनुसन्धान सुरु गर्यो। तर, प्रहरी सकसमा पर्यो। शरीरको घाँटीभन्दा मुनि र घुँडा माथिको भाग मात्रै छ। प्रहरीले छेउछाउमा खोजी गरे पनि टाउको र खुरट्टा भेटिएन। अनुसन्धानमा तालिम प्राप्त कुकुर प्रयोग गरियो। कुकुरले सुँघेर प्रहरीलाई सुटकेस भएभन्दा दुई सय मिटर टाढा स्वर्गद्वारी मार्गमा पुर्यायो। नभन्दै त्यहाँ एउटा जेब्रा झोला फेरला पर्यो। झोला खोलेर हेर्दा टारउको र खुट्टा भेटियो।
आइतबार दिनभरको प्रयासपछि मृत कको पूरा शरीर भेटियो। तर, श,व कसको हो भन्ने पत्ता लागेन। प्रहरीले स्थानीय जनप्रतिनिधि र छरछिमेकसँग सोधीखोजी गर्यो। कसैले पहिचान गर्न सकेनन्। शव स नाखत नभएकाले प्रहरीले मृतरकको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्यो। मृत,कका मामा पर्नेले सोमबार शवको स नाखत गरे। ह त्या गरिएका व्यक्ति रहेछन्, कृष्णबहादुर बोहोरा। रोल्पा घर भएका उनी आठ महिनादेखि काठमाडौंकै एक होटलमा बस्दै आएका थिए। वैदेशिक रोजगारीमा गएर आएका उनले खास काम गर्ने गरेको देखिएन। उनी बस्ने होटलका मान्छे र अन्यसँगको सोधपुछबाट उनी कल्पना मुडभरी ९पौडेल०को सम्पर्कमा रहेको खुल्यो।
मुडभरी काठमाडौंमा फेला परिनन्। उनी चितवन पुगिसकेको पत्ता लाग्यो। चितवन प्रहरीको सहयोगमा प क्राउ गरी उनलाई सोमबार काठमाडौं ल्याइयो। उनको नवज्योति मार्गस्थित कोठामा खानतलासी गर्दा ह त्या घट ना त्यहीं भएको पत्ता लाग्यो। अभियुक्त मुडभरीले पनि प्रहरीसमक्ष ह त्यामा आफ्नो संलग्नता स्वीकार गरिन्। ह त्याका ण्ड को मुख्य योजनाकारका रूपमा मुडभरीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। फेसबुकमा आफ्नो फेक आईडी बनाएर ब्ल्या कमेल गर्न थालेपछि आफूले ह त्या गरेको बयान उनले दिएकी छन्।
कसरी गरियो ह/त्या – बोहोरा र मुडभरीको चिनजान तीन–चार वर्षअघि फेसबुकमार्फत भएको रहेछ। मुडभरीको डेरा गोंगबुको नवज्योति मार्गमा थियो। उनीहरूमा चिनजान भएपछि आउजाउ निरन्तरै थियो। मुडभरी एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन्। बोहोरा भने विदेश गएर आएका तर आठ महिनादेखि एक होटलमा बस्दै आएका थिए। लामो समयदेखि साथी भएकाले उनीहरूबीच नजिकको सम्बन्ध थियो। सँगै खानेबस्ने गरेका थिए। तर, बोहोराले केही समयअघि मुडभरीको तस्बिर प्रयोग गरेर फेसबुकमा फेक आईडी बनाएछन्। त्यही नक्कली फेसबुकबाट बोहोराले गोप्य तस्बिर सार्वजनिक गर्ने धम्की दिने गरेको बयान मुडभरीले प्र हरीलाई दिएकी छन्। धम्क्या उने क्रम चलिरहेपछि त्यसबाट बच्ने उपायको खोजीमा लागेको अनुसन्धानले देखाएको छ।
घट ना भएको रात बोहोरा सधंैझै होटलबाट मुडभरीको कोठामा आए। उनले होटलबाट आउँदा बा।७२प ५६४४ नम्बरको स्कुटर प्रयोग गरेका थिए। अरू बेलाजस्तै खानपिन चल्यो। मुडभरीका दुई सन्तान भने अर्को कोठामा थिए। बोहोरालाई मुडभरीले दहीमा पाँच गोली स्लिपिङ ट्याब्लेट खुवाएर बे होस बनाइन्। बोहोरा बेहोेस भएपछि मुडभरीले उनको अण्डकोशमा हतौ डाले हानिन्। यति गर्दा पनि बोहोरा नमरेको आशं का भयो। त्यसपछि उनले बोहोराको घाँटीमा सलले बेरेर थिचिन्। त्यसपछि मात्र उनलाई बोहोरा मरेको यकिन भयो।
अब शव कहाँ फ्याँक्ने – उनले शव का टेर फ्याँक्ने योजना बनाइन्। कोठामै भएको हतियारले पटकपटक प्रहार गरी उनले टाउको र खुट्टा जेब्रा झोलामा र बाँकी भाग सुटकेसमा हालेको खुलेको छ। उनले शव फ्याँ क्न १५ वर्षीया छोरीको सहयोग लिएकी थिइन्। शनिबार राति सुटकेसलाई बोराको नाम्लो लगाएर एक ठाउँमा र अर्को ठाउँमा करिब दुई सय मिटर दूरीमा फ्याँ केर कोठामा आएकी थिइन्।
उनले माइत चितवन जाने योजना बनाइन्। एम्बुलेन्सलाई फोन गरिन्। संयोगवश एम्बुलेन्स बिरामी लिएर काठमाडौं आएको थियो। एम्बुलेन्स ड्राइभर चिनेको भएकाले उनलाई जान गाह्रो भएन। उनी आइतबार अपराह्न छोराछोरी लिएर काठमाडौंबाट भागेकी थिइन। तर, प्रहरीले उनलाई चितवनको कालिका नगरपालिकाबाट पक्रा उ गर्यो। घट नाको मुख्य योजनाकार मुडभरी नै रहेको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए। ‘हत्या गर्ने मुख्य योजनाकार कल्पना प क्राउ परिसकेकी छन्’, एसएसपी ज्ञवालीले भने, ‘यसमा अन्यको संलग्नता भए÷नभएको थप अनुसन्धान भइरहेको छ।’
प्रारम्भिक अनुसन्धानबाट मुडभरी नै दो षी भएको प्रमाण भेटिएकाले उनलाई फौजदारी संहिताअनुसार अदालतमा पेस गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनु सन्धान थालेको छ। अभियुक्तलाई महानगरीय प्रहरी परिसर टे कुको हिरासतमा राखिएको छ ।अन्नपूर्ण पोष्टमा लेखिएको छ ।