रामेछापमा २ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, ८१ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: आइतबार, साउन २५ २०७७
  • तामाकोशी

रामेछाप । साउन २५ गते,
३१ जना कोरोना भाइरस कोभिड १९ संक्रमित रहेको रामेछाप जिल्लामा स्वाब संकलन गरि पठाइएका २ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । हालसम्म कोरोना परीक्षणका लागि ६ सय ५० जनाको स्वाब संकलन गरिएकोमा विभिन्न समयमा गरि ३१ जनामा संक्रमण पुष्टि भएको र ६ सय १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाका ५ जना , दोरम्बा गाउँपालिकाका १ जना र सुनापति गाउँपालिकाका २ जनाको आइसोलेशनमा उपचार भैरहेको छ ।
अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये २ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १२ जना महिला र ६९ जना पुरुष गरि ८१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय २७ बेडको आइसोलेशन कक्ष र ४ सय ३६ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।