काठमाण्डौ । साउन २२ गते,
नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृ*त्यु भएको जनाइएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ । नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्ला कोरोनामुक्त छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
थप ३६० जनामा कोरोना सङ्क्रमण, मृ*त्यु हुनेको संख्या ६५
- प्रकाशित मिति: बिहिबार, साउन २२ २०७७
- तामाकोशी