पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: मंगलबार, साउन २० २०७७
  • तामाकोशी

पर्सा-वीरगञ्जमा आज फेरी नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । जसमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवा रहेका छन् ।

बारा जिल्ला फेटा गाँयपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष तथा बाराकै २९ बर्षका १ जना पुरुष रहेका छन् ।यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको छ ।