कोरोनाबाट २४ घण्टामा ४ जनाको मृ*त्यु, २२४ जना संक्रमित थपिए

  • प्रकाशित मिति: शुक्रबार, साउन १६ २०७७
  • तामाकोशी

काठमाडौं । साउन १६ गते,
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जना मृ*तक थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मृ*तकमा पर्साका तीन जना र ललितपुरकी एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । देशभर कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको हो । हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार ३ सय ९९ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन् । हाल ५ हजार २ सय २७ जना आइसोलेसनमा रहेका छन् । भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ्ग र मुस्ताङ्ग गरी छ जिल्ला संक्रमणमुक्त हुन सफल भएका छन् । यसैबीच, काठमाडौंमा केही दिनदेखि साना (साना सभाहरु भइरहेकाले त्यस्ता सभाहरु नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । काठमाडौंमा संक्रमितहरु दिनानुदिन बढिरहेको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मास्क नलगाउने दुई लाख मानिसलाई कार्वाही गरिएको मन्त्रालयले जनाएको छ ।