काठमाडौं । साउन १५ गते,
नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृ*त्यु हुनेको संख्या ५२ पुगेको छ । बुधबार कोरोना संक्रमित पर्साका ७० वर्षीय र ६८ वर्षीय पुरुष तथा मोरङका ४५ वर्षीय पुरुषको मृ*त्यु भएसँगै मृतकको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार बताउनुभयो । देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घन्टामा २७४ जनामा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १९ हजार ५४७ पुगेको हो । बिहीबार थपिने संक्रमितमा काठमाडौं उपत्यकाका ४५ जना रहेका छन् ।
हाल पाँच हजार २२७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा २२७ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २४८ जना ‘डिस्चार्ज’ भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा छ हजार ३०४ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । देशभर हाल १३ हजार २०१ जना ‘क्वारेन्टिन’मा रहेका छन् । हाल पाँच हजार २२७ जना ‘आइसोलेसन’मा रहेका छन् । भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच जिल्ला संक्रमणमुक्त हुन सफल भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो , मृ*त्यु हुनेको संख्या ५२
- प्रकाशित मिति: बिहिबार, साउन १५ २०७७
- तामाकोशी