काठमाण्डौ । साउन १४ गते,
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २७३ पुग्यो , थप २१० जनामा सङ्क्रमण पुष्टि
- प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
- तामाकोशी