कोरोना परीक्षणका लागि रामेछापमा थप २६ जनाको स्वाब सङ्कलन

  • प्रकाशित मिति: मंगलबार, साउन १३ २०७७
  • तामाकोशी

रामेछाप । साउन १३ गते,
रामेछापमा थप २६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । मंगलबार मन्थली नगरपालिकाका १४ जना र गोकुलगंगा गाउँपालिकाका १२ जनाको स्वाब सङ्कलन गरि पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ५६ जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६५ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये नगरपालिकाका १३ जना र गोकुलगंगा गाउँपालिकाका १२ गरी २६ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ६ जना महिला र ५६ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २६ , रामेछाप नगरपालिकामा ३ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ३ , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ६२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्