काठमाडौं । साउन ११ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा नयाँ १ सय ३० जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको बताउनु भयो । अहिले सक्रिय संक्रमित ५ हजार ४ सय ४० रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमित निको भएर घर फर्केका छन् ।
अहिलेसम्म जम्मा १३ हजार १ सय २८ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेहरु ७० दशमलव ५ प्रतिशत हुन् । अहिलेसम्म कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ । अहिलेसम्म पाँचथर, भोजपुर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १७ हजार ९ सय ३ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ४ सय ४० जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो, थप १३० जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
- तामाकोशी