रामेछाप । साउन ८ गते,
रामेछापमा पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि बुधबार स्वाब सङ्कलन गरि पठाइएको १३ जनाको रिपोर्ट आउँन बाँकि छ । रामेछाप नगरपालिकाका १३ पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ५ सय ३० जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ सय ९२ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये रामेछाप नगरपालिकाका १३ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र ६९ जना पुरुष गरि ७२ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २७ , रामेछाप नगरपालिकामा १२ , खाँडादेवी गाउँपालिकामा २ , गोकुलगंगा गाउँपालिकामा ११ , दोरम्बा गाउँपालिकामा ७ , लिखुतामाकोशी गाउँपालिकामा ७ र सुनापति गाउँपालिकामा ६ गरी जिल्लाभर ७२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्
