कोरोना संक्रमणबाट मृ*त्यु हुनेको संख्या ४३ पुग्यो

  • प्रकाशित मिति: बिहिबार, साउन ८ २०७७
  • तामाकोशी

पर्सा । साउन ८ गते,
नेपालमा कोरोना संक्रमणबाट मृ*त्यु हुनेको संख्या ४३ पुगेको छ । पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृ*त्यु भएको छ । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृ*त्यु भएको हो उहाँको मृ*त्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँ गण्डक अस्पतालमा भर्ना हुनुभएको थियो ।। उहाँ निमोनियावाट ग्रसित हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएपछि उहाँलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र सोही दिन साँझ उहाँको मृ*त्यु भएको हो ।