नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुग्यो , थप १०० जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बुधबार, साउन ७ २०७७
  • तामाकोशी

काठमाडौं । साउन ७ गते,
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो । त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।