रामेछाप । साउन ७ गते,
रामेछापमा थप १३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार रामेछाप नगरपालिकाका १३ जनाको स्वाब सङ्कलन गरि पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ३० जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ सय ९२ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये रामेछाप नगरपालिकाका १३ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र ७२ जना पुरुष गरि ७५ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २७ , रामेछाप नगरपालिकामा ११ , खाँडादेवी गाउँपालिकामा ७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ७ , लिखुतामाकोशी गाउँपालिकामा ७ र सुनापति गाउँपालिकामा ६ गरी जिल्लाभर ७५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्
