नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

  • प्रकाशित मिति: सोमबार, साउन ५ २०७७
  • तामाकोशी

काठमाडौं । साउन ५ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा एक सय ७३ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ८ सय ६८ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । निको हुने ६५ दशमलव ५ प्रतिशत हुन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १६ वटा मात्रै पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले २२ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेका छन् । यसैबीच, मन्त्रालयले पछिल्लो समयमा बाढी पहिरो र डुबानका कारण विभिन्न किसिमका सरुवा रोगहरु लाग्न सक्ने भएकाले कोरोनासंगै त्यस्ता रोगहरुबाटसमेत बच्न आग्रह गर्दै सचेतना अपनाउन भनेको छ ।