नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

  • प्रकाशित मिति: आइतबार, साउन ४ २०७७
  • तामाकोशी

काठमाडौं । साउन ४ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ५८ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ९५ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ वटा मात्रै पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैबीच, मन्त्रालयले पीसीआर परीक्षणबारे भएका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम परीक्षण भएको लगायतका भ्रामक टिप्पणी हुने गरेको भन्दै प्रवक्ता डा गौतमले कस्तालाई परीक्षण गर्ने र कस्तालाई नगर्ने भन्ने स्वास्थ्यको मापदण्ड अनुसार गरिएको पनि उनले स्पष्ट पारे । जनस्वास्थ्यका न्यूनतम मापदण्ड उल्लंघन भइरहेको बताउँदै प्रवक्ता गौतमले हामी अझै जोखिममा रहेकोसमेत उल्लेख गरे ।