नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, थप ११६ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बुधबार, असार ३१ २०७७
  • तामाकोशी

काठमाडौं । असार ३१ गते,
नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ । रौतहटका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६४ दशमलव दुई प्रतिशत हुन् । पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार १ सय १३ जना आइसोलेसनमा रहेका छन् ।