दोलखा । असार १८ गते,
दोलखा जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार वैदेशीक रोजगारीबाट आई भीमेश्वर नगरापलिकाको क्वारेन्टिनमा बसीरहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमीत पुरुषको स्वाव १४ गते संकलन गरि काभ्रे स्थित धुलिखेल अस्पताल पठाइएको थियो । पिसिआर विधिबाट गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमीत प्रेश व्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दोलखाका १ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यता स्वास्थ्य कार्यालय दोलखाले भने एक पुरुषमा मात्रै संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएको भनिएकी महिलाको विषयमा जानकारी लिने कार्य भैरहेको बताए ।
दोलखामा थप दुई जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: बिहिबार, असार १८ २०७७
- तामाकोशी