नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुग्यो , थप ४३४ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बिहिबार, असार ११ २०७७
  • तामाकोशी

काठमाडौं । असार ११ गते,
नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार थप ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन् । यो संगै कोरोना संक्रमणका कारण २६ जनाको मुत्यु भएको छ । नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।