सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २४ पुग्यो,थप १८ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, असार ५ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । असार ५ गते,
सिन्धुपाल्चोकमा कोरोना भाइरस कोभिड १९ संक्रमित हुनेको संख्या २४ पुगेको छ । जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चीको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो । संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु जेठ २९ गते स्वदेश फर्केका थिए । त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजनाको मृत्यु भएको छ, भने एकजना निको भएर घर फर्केका छन् ।