रामेछापमा ८७ पीसीआर रिपोर्ट आउन बाँकि , सोमबार थप ८५ जनाको स्वाब संकलन

  • प्रकाशित मिति: सोमबार, असार १ २०७७
  • तामाकोशी

रामेछाप । असार १ गते,
रामेछापमा ८७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । ३ सय २५ जनाको स्वाब संकलन गरी पठाइएकोमा १९ जनाको पोजेटिभ आएको छ । २ सय १९ जनाको नेगेटिभ रिपोर्ट आएको र ८७ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार सोमबारमात्रै गोकुलगंगा गाउँपालिकाका थप ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
हालसम्म मन्थली नगरपालिमा ४९ , रामेछाप नगरपालिमा ४५ ,खाँडादेवी गाउँपालिमा १ सय ४ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ६३, उमाकुण्ड गाउँपालिकामा २४ , र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ८७ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ९२ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ४ र पुरुष ८८ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १ , मन्थली नगरपालिकामा १३ , रामेछाप नगरपालिकामा १४ , गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी ९२ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए ।
कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ , लिखुतामाकोशी गाउँपालिकाका ६ र मन्थली नगरपालिकाका एक जना गरी १८ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा समस्या आएका लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका एक पुरुषको पाटन अस्पतालमा उपचार भैरहेको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना भाइरस कोभिड १९ अपडेट हेर्नुहोस्